गायक गोपाल तामाङको ‘गैरी खेत’ सार्वजनिक ( भिडियो सहित )
काठमाडौँ , २०४४ साल काठमाडौँ जिल्लाको मुलपानीमा जन्मेका गायक गोपाल तामाङले आफ्नो म्युजिक करियर २०६१ सालमा ललित कला क्याम्पसमा संगीत बिषय लिएर भर्ना भइ २०६८ सालमा एम . ए उतिर्ण गर्नु भएको छ।
अहिले सम्म उहाले संगीतलाई नै निरन्तरता दिइरहनु भएको छ । यति लामो समयको अध्ययनपछी अहिले आएर "गैरी खेत" बोलको गित सार्बजनिक गर्नु भएको छ उहाले हिमालय टेलिभिजन को लै बरी लै गायन प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गर्नुभएको छ ।
बैदेशिक रोजगार सम्बन्धी बिसय रहेको यस गीतमा गाउले परिवेशको कथा लाइ उठाईएको छ गाउमा दुख पाएर एक युवा विदेशिन्छ विदेश गएर पनि झन् दुख पिडा थपिन्छ भने यता नेपलमा रहेकी आमाको दर्दनाक पिडा माया र ममता लाइ लियर यस गित मा प्रस्तुत गरिएको छ।
यस्तो मार्मिक शब्द लेखने चर्चित गीतकार कुमार मिश्र हुनुहुन्छ र यस गीतमा संगीत भने टेकेन्द्र नेपालीको रहेको र एरेन्ज भने गोपाल रसाइली को रहेको छ। यस गीतमा अभिनय भने लक्ष्मी गिरि ,मरिच मान श्रेष्ठ स्वयं निर्देशक दिनेश डीसीले पनि खेल्नु भएको छ। उहाको स्वर र गित हेर्दा उहाले संगीत क्षेत्र् मा आफुलाई उभ्याउनु हुनेछ भन्ने कुरा मा दुइ मत छैन र उहाको उज्वल भविष्य को कामना गर्दछौ