उमेश राइ जो, फुलान्देको आमा बनेर कलाकारिता क्षेत्रमा अत्याधिक चर्चा बटुलेका छन्। उनले अभिनय गरेको आधुनिक गीतको म्युजिक भिडियो भर्खरै युट्युब मा सार्बजनिक भएको छ। उनलाई मोडेलको रुपमा खुम गाउलेले साथ दिएका छन्, खुम राष्ट्रिय भलिबल खेलाडी हुन्, उनले यो भन्दा अगाडी गोर्खा मनकामना जस्ता लोकप्रिय गीतमा अभिनय गर्नुका साथै दर्जनौ आदिबाशी चलचित्र र म्युजिक भिडियोहरुमा अभिनय गरेका छन्, .
कहाँ होला मेरो माया देख्न मन लाग्यो!
उनको यादमा दुइ शब्द लेख्न मन लाग्यो!!
सोनाम डोमा भोटियाको शब्द रहेको उक्त गीतमा स्वरूप राज आचार्य र पबित्र गुरुङ्ले आवाज दिएका छन्। संगीत भने गीतकार गुरु भोटियाले भरेका छन्। भिडियोको निर्देशन भने अहिले समयमा निर्देशनमा निकै ब्यस्त मानेको मदन खड्काले गरेका छन्, भिडियोलाइ छायांकन भने बिरेन्द्र भट्टले गरेका छन्। यहि गीतको स्वरूप राज आचार्यको स्वर रहेको गीतको भिडियो छायांकनको तयारी भै रहेको र यहि गीतबाट गीतकारको परिचय बनाएकि सोनाम कै शब्दमा रहेको "छोरी तिमि" गीत निकै मन छुने बनेको र छिट्टै शर्बजिक गर्ने जमर्कोमा रहेको यहि गीत संग सम्बन्धित व्यक्तिले जानकारी दिएका छन्।