
कर्मा एण्ड ज्यामु फउण्डेशनका कोषाध्यक्ष समाजसेबि पुछाङा भोटेको सडक दुर्घटनामा निधन
भदौ ८ गते साँझ माेटरसाइकलमा सवार रहेकाे अवस्थामा बा३ख ४३१७ नम्बरको ट्रिपरकाे ठक्करबाट संखुवासभाकाे भोटखोला २ गुठिगुम्बाकाे पुछाङा भोटेको मृत्यु भएकाे छ । उनी बिगत करिब २५ वर्ष देखि काठमाडाैं बस्दै आएका थिए । मृतक पुछाङा भोटे कर्मा एण्ड ज्यामु फउण्डेशनका कोष अध्यक्ष रहेको र आफ्नै पुछाङा इण्टर्प्राइजेज पनि संचालन गर्दै आइ रहेका थिए । मृतकको इँटा फ्याक्ट्री समेत रहेको र त्यहि इँटा फ्याक्ट्रीबाट घर फर्किने क्रममा दुर्घटनामा परेको हो। उनले बिस्वको उच्च सगरमाथा आरोहण गर्नुका साथै, अमेरिका,अस्ट्रेलिया आदि देशहरु समेत भ्रमण गरेका थिए। मृतक एकदमै मनकारि र समाजसेबी रहेको भोटखोला बासि बताउछन। मृतकले दुख परेको धेरैलाइ साथ दिएर जीवन उकासि दिएका छन्।
मृतककाे परिवार र सुभ चिन्तकहरुले चालकमाथि कारबाही र परिवारलाई उचित क्षतिपूर्ति माग गरी प्रदर्शन गरेका छन् । उनीहरूले प्रहरीकै मिलेमतो रहेकाे भन्दै गाैशाला चाेकमा प्रहरीविरुद्ध समेत नाराबाजी गरेका छन् ।
पीडित परिवारलाई कानुनी उपचारका लागि सहयोग गरिदिन र ट्रिपरसँग सम्बन्धित व्यक्तिलाई बोलाइदिन माग गर्दा गौशाला प्रहरीले असहयोग गरेको बताइएकाे छ ।
प्रहरीले ट्रिपरधनीसँग मिलेमतो गरी असहयोग गरेको पीडितका आफन्तहको आरोप छ ।
हिमाली भोटे समाजका छिरिङ पासाङले तीन दिनसम्म ट्रिपरको कोही पनि जिम्मेवार मान्छे नआएकाेले प्रहरीले संरक्षण गरेकाे हुन सक्ने बताए ।
प्रहरी प्रशासनविरुद्ध नाराबाजीसहित चक्काजाम र घेराउपछि मात्र वार्ता गर्ने र आवश्यक क्षतिपूर्ति दिने सहमति भएकाे चक्का जाम फिर्ता लिएको छिरिङ पासाङले बताए ।
