टिकाको गीत मा रत्न तामाङ्गको जोडदार अभिनय ( भिडियो सहित )

छिल्लो समय निकै चर्चा बटुल्न सफल नव युवा कलाकार तथा मोडेल रत्न तामाङ द्वारा अभिनित अत्यन्तै मार्मिक म्युजिक भिडियो ‘जव दिन ढल्दैै ढल्दैै गए पछि.. तिम्रो याद आउछ बेसरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
टिका बोम्जनको शब्द स्वर र संगित रहेको यो मार्मिक म्युजिक भिडियो बहुचर्चित नेपाली म्युजिक कम्पनी सङ्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ। मोडेल रत्न नेपाली म्युजिक भिडियोको क्षेत्रमा छोटाे समयमै आफ्नो पृथक अभिनय मार्फत दर्शक हरुको मनमनमा बस्न सक्ने भएका हुन् ।

 गायक सिद्धार्थ घिसिङको ताल्चेलेर घिसिङ -२ गायक सबिन घिसिङको म त खुलेरै माया गर्ने, हो, मेरो रेशमी कपाल, गायीका पुर्णिामा लामाको मैले जस्तो चोखो माया, गायक प्रमोद खरेलको यी आखाले हिमाल बाट लगायत दर्जनौं आश लाग्दो म्युजिक भिडियोहरु प्रदर्शन हुने क्रममा छन् ।

चितवनमा जन्मनुभएका कलाकार रत्न हाल काठमाडौलाई कर्मथलो बनाएर कला क्षेत्रमा निरन्तर समय दिईरहेका छन् । हेर्नुहोस् उहाँ द्वारा अभिनित यो बिल्कुल नयाँ म्युजिक भिडियो ... 
Share on Google Plus

About Admin

This is a Online Portal From Bhotkhola Sankhuwasabha Nepal.