गायिका कविता खत्रीको गरिबको जुनी बोलको गित सार्बजनिक
लोक तथा दोहोरी गायिका कविता खत्रीको गरिबको जुनी बोलको दशै तिहार गित भर्खरै युट्युब च्यानलमा सार्बजनिक भएको छ । समिरप्रकाश पाण्डेले शब्द रचना गरेको उक्त लोक दोहोरी गितमा प्रेम साप्कोटाले संगित भरेका छन् । गायिका खत्री र गायक पुरुशोत्तम गैरेको आवाजमा रहेको उक्त गित मंगलबार रन्जीत परियार को युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । कपिल लामाले निर्देशन गरेको म्युजिक भिडियोमा सगुन शाहि र आशिरप्रताप जंगले अभिनय गरेका छन् । गितमा साहुको ऋण तिर्न परदेशीएका दाजुलाई चाडवाडको स्मरण गराउँदै बैनीले घर आउन आग्रह गरेकी छन् । साथै गरिबको घरमा चाडवाड आउँदा थपिने पिडालाई चित्रण गरिएको छ । गायिका खत्री ओखलढुंगा स्थित साविकको गाम्नाङटार वडा नं. ७ निबासी हुन् । उनले यसभन्दा अघि चर्चित हाँस्य टेलिश्रृङखला हर्के हवल्दारमा पनि अभिनय गरिसकेकी छन् ।