निमा पोङ्स्युवा-
काठमाडौ / संखुवासभा जिल्लाको शिङ्सा क्षेत्र भोट्खोला गापा २ को हिक्च्यु लघु जलविद्युतको लागि उपभोक्ताले ४७ लाख २५ हजार बेहोर्ने रकम जुटाउन पहल भएको छ। आइतबार काठमाडौ धुमबराहिमा भोट्खोलाका विभिन्न संघ संस्थामा आवद्ध रहेका ब्यक्तिहरु संग छलफल गरेको हो। हिक्च्यु लघु जलविद्युत आयोजनाका काठमाडौ उपसमिति संयोजक कर्म भोटियाले उपस्थित संघ सस्थाका ब्यक्तिहरुलाई आयोजना बारे भएको बिस्तृत जानकारी गराएका थिए। ६३ किलो वाट को क्षमताको आयोजनाको कुल लागत चार करोड ४७ लाख रहेको जानकारी दिए। उक्त लागतमा उपभोक्ताले जमा ४७ लाख २५ हजार बेहोर्नुपर्ने छ।जवसम्म उपभोक्ताले बेहोर्ने रकम खातामा जम्मा हुदैन तवसम्म परियोजना अगाडि बढन ढिलाई हुनेछ।जसको लागि समय सिमा तीन महिना मात्र रहेकोले उक्त रकम जम्मा नभए थप अनुदान तथा काम अघि बढ्न कठिन हुने भएको छ।जसको लागि उपस्थित संघ संस्थालाई हारगुहार गरेका हुन। गोष्ठीका नेल्होसोका अध्यक्ष ज्याबु ल्होमी,कर्म-ज्यामु फाउन्डेशनका अध्यक्ष लप्तेन ल्होमी, रिचिङ हिमालका अध्यक्ष फुर्पु आंजुक ल्होमी, हिस नेपालका सङ्बु ल्होमी,पिम्बा भोटे ,छिरिपासाङ भोटे,सामुएल ल्होमी,छिरिङ जेबा भोटिया सहित काठमाडौ उपसमितिहरुको उपस्थिति थिए। उपस्थिति सबैले आयोजना अगाडी बढिसकेको भन्दै खुशी ब्यक्त गरे। अफुहरु ब्यक्तिगत रुपमा सक्दो सहयोग गर्ने भन्दै आफू मातहतको संघ संस्थाले समेत सहयोग गर्ने प्रतिबद्धता जनाए। सम्बन्धित उपभोक्तालाई पनि आयोजनाको बिस्तृत जानकारी गराएर बिश्वस्त पार्न सुझाब दिए। जसले गर्दा उपभोक्ताले ब्यहोर्नुपर्ने रकम संकलनमा सहज हुने सुझाब दिए। हात परिसकेको आयोजनालाई उम्कन नदिन समेत सहभागिहरुले सचेत गराए। ४ करोड ४२ लाखको परियोजनामा ६१ लाख भोट्खोला गाउँपालिकाले बजेट उपलब्ध गराएको छ। १२ लाख ६० हजार एकल महिला आदिवासी अल्पसंख्यकको नाममा अनुदान उपलब्ध छ। करिब ५३ लाख १० हजारको स्थानीय श्रमदान गर्नुपर्ने छ। परियोजनाको सरसामान ढुवानी खर्छ मात्र एक करोड पचास लाख लाग्ने जनाएको छ। उपभोक्ता ब्यहोर्ने रकम ४७ लाख २५ हजार संकलन गर्न भोटखोला २ को परियोजना उपभोक्ता गाउँ च्याम्ताङ ,छुमुसुर, रिदाकको समुदाय रहेका काठमाडौ,धरान,दार्जीलिङ खाँदबारी लगायतका स्थानमा परियोजना बारे बिस्तृत जानकारी गराई आर्थिक संकलको काम अगाडि बधाईने जानकारी काठमाडौ उपसमितिले दिएको छ। हालसम्म गाउँपालिकाको बजेटबाट परियोजना क्षेत्रमा बालुवा गिटि जम्मा गर्ने काम भैरहेको छ भने उपभोक्ताबाट जनश्रमदान पनि भैरहेको छ।