संखुवा-सभा जिल्लाको अति विकट पुर्बको कर्णाली भनेर चिनिने भोट्खोला गाउँ पालिकाका गाउँहरुबाट रोजगारीको सिलसिलामा काठमाण्डाै बिगत २५,३० बर्ष अघिबाट आइ विभिन्न पेशा ब्याबसाय गरि जिबिकोपार्जन गर्दै आएका भोटे जातिहरुको छाता संगठन हिमालय भोटे समाजको १७औं बार्सिक साधारण सभा, तथा ८औं महाधिवेशनबाट जयबाउ भोटे को अध्यक्षता मा ११ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरीयो । उपाध्यक्षमा ताप्चेन भोटे, महसचिवमा तेम्बा भोटे, सहसचिव लाक्पा भोटे, कोषअध्यक्षमा तेम्बा भोटे, सदस्यहरू सोनतेन्जिन भोटे मिक्मा भोटे फुर्बु छिरिङ भोटे र दोर्जी भोटे चयन गरिएको छन् । उक्त कार्यक्रमको उदघाटन प्रतिनिधि सभा सदस्य मा. राजेन्द्र गौतमले गर्नु भयो । यसै अवसरमा भोट्खोलाको भाग्य र भविश्य किमाथांका नाका, अरुण थर्ड, अपर अरुण तथा किमाथांका अरुण बिधुत आयोजना निर्माण सङ्ग जोडिएकोले आफू यी सवै आयोजनाहरु निर्माणका लागि कटिबद्ध रहेको बताउदै अधिबेशन सफलताको शुभकामना प्रदान गर्नु भयो ।
