संसारको जुनसुकै मुलुकमा बसेको होस्, नेपाल मुलका मानिसहरूलाई नेपाली भनेर चिनिन्छन् र उनीहरू नेपाली हुँ भनी चिनाउनुमा नै गर्व गर्दछन्। नेपाली मात्र किन अमेरिकामा बसोबास गर्ने र अमेरिकाको नागरिक्ता पाइसकेका तिब्बत् मुलका मानिसहरूले पनि म तिब्बती हुँ भनी आफ्नो परिचय दिनमा गर्व गर्छन्। अझ बिशेष गरेर आफू अन्य मुलुकमा गएर बसेको बेलामा। अब भन्नुहोस् के नेपाली या तिब्बती आफ्नो जात या थर हुन सक्छ? के नेपाली भित्र विभिन्न जाति या थरका मानिसहरू हुन सक्दैन?
नेपाली भाषामा तिब्बतलाई भोट भनेर भनिन्छ र तिब्बत मुलका सबै मानिसलाई भोटे भनिन्छ। त्यसैले भोटे भित्र बिभिन्न जाति, थर अथवा समुदायका मानिसहरू समेटिएको हुन्छ। भोटे शब्द भित्र तिब्बत मुलका मानिस जोसुकै होस् चाहे तामाङ, चाहे गुरुङ, थिक्केपा, नुप्पा यी सबै समूह अट्दछ।
तिब्बत मुलबाट आएका मानिसहरू वा नेपालको हिमाली भागमा बसोबास गर्दै आएका मानिसहरू जाडोमा बसोबास गर्नेहरू स्वभाविकै रुपले बाक्लो लुगा लगाउने, कम नुहाउँने तथा कतिपय समुदायमा नुहाइ धुवाइ गर्न तिथि मिति हेर्नुपर्ने इत्यादि कारणले पहाडी तथा तराइ बासीहरू भन्दा तुलनात्मक रुपमा बढी फोहोरी देखिन्छन र बिस्तारै भोटे शब्द नै फोहोरी, असभ्य, अशिक्षित जस्ता कुरासँग जोडिन गयो र यसले नकारात्मक रुप लिदै गयो। जस्तै अरु समुदायका मानिसहरूले पनि आफ्नो परिवारको कुनै सदस्य फोहोरी या अलिक असभ्य भएमा त्यसलाई भोटे उपनाम दिइन्छ अर्थात् ए भोटे भनी बोलाइन्छ। यस्ता व्यवहारले नयाँ पुस्तामा भोटे शब्द प्रति नकारात्मक् धारणा फैलिन गयो।
बास्तबमा भोटे न कुनै जात हो न कुनै थर नै हो। यो त भोट मुलका मानिसहरूको आफ्नो रास्ट्रियता हो। नेपाल मुलका मानिसलाई नेपाली भने जस्तै भोट (तिब्बत्) मुलका मानिसलाई भोटे भनिएको हो। तर अफसोजको कुरा हाम्रो कति नागरिक्ताहरूमा भोटे थरको रुपमा लेखिन गएको छ। भोटे समुदायका मानिसहरु स्वभाविकैले शिक्षाको उज्यालो घामबाट बन्चित छन् र यिनी नेपाली राम्ररी बुझ्न सक्दैनन् भने एका तिर राष्ट्रका कर्मचारीहरूले उनीहरू थर पहिचान गरी नागरिक्तामा लेखीदिनुको सट्टा आफ्नै इच्छाले भोटे थर राखिदिए। फल स्वरुप हाम्रो नागरिकतामा भोटे थरको रुपमा लेखिन गयो। यति मात्र नभइ हाम्रो आमा दिदी बहिनीहरूको थरमा नी थपेर भोटीनी नै बनाइ दिए। प्रिय पाठकहरू के तपाईले कुनै पनि अरु जातिहरूमा बाहुनी, क्षेत्रिनी, अधिकारीनी भनेर उनीहरू नागरिक्तामा लेखिएको पाउनुभएको छ?
आजकाल तिब्बत मुलका कतिपय व्यक्तिहरुलाई तपाई भेप्पा हो भनी सोध्दा उसले गर्वका साथ म भेप्पा हुँ भनी जवाफ दिन्छ। त्यस्तै अंग्रेजीमा Are you Tibetan? भनी सोध्दा उसको जवाफ Yes I am Tibetan. हुन्छ तर उसैलाई तपाई भोटे हो भनी सोधे भने रिसाह अनुहार बनाएर म भोटे होइन भनी जवाफ दिन्छ। रमाइलो कुरा यहाँ के छ भेप्पाको शाब्दिक अर्थ अंग्रेजीमा तिब्बेतियन र नेपालीमा भोटे हुन्छ र पनि नेपाली समाजमा भोटे शब्द प्रति किन यति धेरै घृणा र हिजकिचावट?
अबको हाम्रो भावी सन्तानले आफ्नो जात थर के हो सो बुझ्ने कोशिष गरी नागरिक्ता साथै कुनै पनि सरकारी कागजात तथा स्कुलका प्रमाणपत्रहरूमा आफ्नो थर लेख्नु आवश्यक छ। थिकपा, नुप्पा, भेत्च्याबा इत्यादि हाम्रा जातहरू हुन् भने सेक्नेपेदेन, हमुवा, पेज्यवा, गोम्बुक्पा, ओरोक च्येम्बा, सेत्च्याबा इत्यादि हाम्रा थरहरू हुन्। हाम्रो आफ्नो कागजातहरूमा यी जात तथा थरहरु लेखिएन भने भवीस्यमा आफ्नो हाडनाता लाग्ने र कुटुम्ब चिन्ने कसरी? त्यसैले युवावर्ग, राजनीतिज्ञ, समाजसेवी तथा शिक्षक वर्गहरू फुटेर होइन जुटेर अगाडि बढौं, आफ्नो हाडनाता र कुटुम्ब पहिचान गरौं ।
-कर्मा तेन्जीङ् भोटिया
संस्थापक: कर्मा ज्यामु फउण्डेसन
कोलोराडो¸ अमेरिका