संजय रेग्मी
साउन २६, २०७५
पर्वत : माया भन्ने चिजै यस्तै रहेछ, कसैको वास्ता गर्न नै मन नलाग्ने । आँपूmले माया गरेको मान्छेलाई पाउनको लागि आप्mना अगाडि भएका सबै बाधाहरुलाई तोड्न मन लाग्ने ।
जितेन क्षेत्री र प्रिति अधिकारीको अभिनय रहेको यस्तै म्यूजीक भिडियो बजारमा आएको छ । अन्तरजातिय माया गर्दा समाजले गर्ने अबरोधका माझमा पनि बाबु आमा समेत त्यागेर मायालुलाई रोजिएको कथा ए मेरी धड्कन गितमा समेटीएको छ । जात भन्दा माथि माया हुन्छ भन्ने कुरा गीतमा देखाउन खोजिएको छ ।
कैलाश गुरुङको स्वर र संगीत रहेको गीतको शब्द रचना गुरु भोटीयाले गरेका हुन । गीतको म्यूजिक भिडियोको छायांकन सन्तोष महराले गरेका छन भने सम्पादन विजय तिखतारीले गरेका छन । म्यूजिक भिडियोको निर्देशन प्रिति अधिकारीले गरेकी छिन ।