अलोन वाइबाको किन रुन्छ मन सार्बजनिक

भर्खरै Alone Intartaiment युट्युब च्यानलबाट नेपाली आधुनिक गीत किन हो मन रुन्छ आज बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ। द एक्सन स्टुडियोमा रेकर्ड भएको उक्त गीतको शब्द/संगीत/स्वर अलोन वाइबा को रहेको छ भने सगीत संयोजन भने संजय हमालले गरेका छन्। प्रेम वियोगको भाब बोकेको उक्त गीतको भिडियो को निर्देशन पनि स्वयं अलोन ले नै गरेका हुन्। छायांकन मा भने दिपेन्द्र बोहराले साथ दिएका छन्। भिडियो लाइ सम्पादन पनि दिपेन्द्र बोहराले नै गरेका हुन्। अभिनय तर्फ सरदा राइ, काजि थापा, संजु तामांग र दोर्जे लामा को मुख्य भूमिका रहेको छ। अलोन ले यस भिडियो संगै गीतको भिडियो र लघु चलचित्र अनि टेली श्रीन्खला गरेर सयको हाराहारीमा अभिनय का साथसाथै निर्देशन क्षेत्रमा काम गरि सकेका छन् । अलोन को बिगतमा फर्किने हो भने यो क्षेत्रमा मा आउनु अघि उहा ब्यापार ब्यबसाय थियो, जब राजु लामासंगको परिचय पश्चात उनले यो क्षेत्र अंगाले। उहाले अभिनय गरेको टेली सिरियल दुवा तिर्की, पनको एक्का हुदै आफैले निर्देशन गरेको टेली सिरियल एक्का मिसी बास्साको सुरुवाती संगै म्युजिक भिडियो हरु गर्न थालेका हुन्। र हाल सिरियल अनि म्युजिक भिडियो, लघु चलचित्र मै ब्यस्त हुदै आइरहेका छन्।
Share on Google Plus

About Bhotkholaonline.com

This is a Online Portal From Bhotkhola Sankhuwasabha Nepal.