'फिल्म भनेको यस्तो पो हुनु पर्छ' भन्दै सेन्सरबाट बधाई र स्याबासी पाउदा यस मख्ख

गीत संगीतको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएर नेपालीहरुको ढुकढुकीमा बस्न सफल गायक यस कुमार केहि वर्ष अघि देखि बाटो मुनिको फूल नामक  चलचित्र बनाउदै गीत संगीतमा आफुलाई नेपालीहरु बीच प्रिय गायकको रुपमा परिचित गराए त्यसै गरि चलचित्र क्षेत्रमा पनि देश भित्रको राजनैतिक, जातिय भेदभावलाई यथार्थ रुपमा चित्रण गर्दै समाज भित्रका बिकृति अनि समस्यालाई समाधान गर्ने संदेश चलचित्र द्वारा दिइ एउटा अब्बल चलचित्र कर्मी र नायकको रुपमा चिर परिचित भए।

दर्शकले उनले बनाएको चलचित्र बाटो मुनिको फूल १ र २ अत्यधिक मन पाराइ दिए, चलचित्र भित्र समेटिएको गीतले पनि सर्भादिक चर्चा पाए। 

अब, गायक तथा नायक यसलाई छिरिङ्ग को कामबाट दर्शकले कतिको माया गर्ने छन् यसको रिजल्ट भने असोज १२ गते बाट थाहा हुनेछ। तिमीले त मायामा ज्यानै पो दिन्छु भन्छौ रे.… बोल बोल.… गित र ट्रेइलर लाइ भने दर्शकले अतिनै रुचाइ दिएका छन्।  भर्खरै सेन्सर बोर्डको प्रमाण लिदै गर्दा सेन्सर का मेमबरहरुले फिल्म हेरे पश्चात थपडी मार्दै, फिल्म भनेको यस्तो पो हुनुपर्छ भन्दै यसलाई स्याबासी र बधाई दिदा यस भने मख्ख भए । 


Share on Google Plus

About Bhotkholaonline.com

This is a Online Portal From Bhotkhola Sankhuwasabha Nepal.