‘रोमियो एण्ड मुना’को नयाँ गीत,‘भेडेटार घुमौला, पालैपालो गाला चुमौँला’

साउन ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रोमियो एण्ड मुना’को नयाँ गीत सार्वजनिक गरिएको छ । कोशिस क्षेत्रीको संगीत रहेका ‘भेडेटार घुमौला’ बोलको गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिंग छन् । दिनेश राउतको शब्दरचना रहेको गीतमा विनय र मिना निरौलाको स्वर छ । नरेश कुमार केसीको निर्देशनमा रहेको चलचित्रलाई भि मोसन पिक्चर्स, पिएमजी र केएस प्रोडक्सनले संयुक्त रुपमा प्रस्तुत गर्दैछन् । चलचित्रमा विनय श्रेष्ठ, प्रसन्न गोपाली, राम शर्मा र कविन शाक्यको संयुक्त रुपमा लगानी गरेका छन् । ‘रोमिया एण्ड मुना’ मा विनयसँगै सृष्ट्रि श्रेष्ठ, सुस्मा कार्की, प्रज्जवल सुजल गिरी सुरक्षा पन्तको अभिनय छ । बिहिबार गीतसँगै बैङकर अनिल शाह र चलचित्र युनिटले चलचित्रको पोस्टर पनि रिलिज गरेको हो ।
Share on Google Plus

About Admin

This is a Online Portal From Bhotkhola Sankhuwasabha Nepal.