पैसालाई साथि भन्दा माथि कहिले राखिन

विद्यार्थी जीवन हुँदा शनिबर शनिबार गोठालो जादा रेडियो साथमा बोकि गीत सुन्दै आहा! आफुले पनि यस्तै गीत बनाउन सके अरुले नि यस्तै गरि सुनेर म जस्तै आनन्द लिन्छन होला भनी कल्पना गर्ने गुरु भोटियाको कल्पना कल्पनामै सिमित नरहेर यथार्थमा परिणत भएकोछ । एस. एल. सि. पश्चात पढाइको सिलसिलामा काठमाडौ छिरेको भोटिया संयोगबश नेपाली कथानक चलचित्र जङ्गली बाबुबाट गित लेखन शुरु गरि हालसम्म चलचित्र र एल्बम गरि सयको हाराहारिमा गीतहरु रेकर्ड भैसकेका छ्न, कर्ण दास, राम कृष्ण ढकाल, कुन्ती मोक्तान, जुना प्रसाई, स्वरूप राज आचार्य, यश कुमार, बाबू बोगटी आदि अग्रज लोकप्रिय गायक गायिकाहरुले उनको शब्दमा आवाज दिसकेका छ्न भने नयाँ पुस्ताका चर्चित इन्दिरा जोशी, मेलिना राई, दिपक लिम्बू, पुष्कर सुनुवार, कैलाश गुरुङ आदि गायक गायिकाहरुले समेत उनको गीतमा आवाज दिसकेका छ्न, उनले यो क्षेत्रमा खासै संघर्ष नगरेको बताउछन् भने पेशाले उनी पथप्रदर्शक (Trekking guide) हुन । उनै भोटियासङ्ग क्रेज नेपालले कुरा गरेको सार यहाँ प्रस्तुत गरिएको छ ।
अहिलेसम्म लेखनबाट कतिको आम्दानी गर्नु भयो ?
आफुले कमाउनकै लागि भनेर गीत कहिल्यै लेखिन, आफुलाइ दुखेको बेला, त्यसलाई निको पार्न, मन जलेमा त्यसलाइ निभाउन, देश रोएमा त्यसलाइ हसाउन भन्नै पर्दा आत्म सन्तुष्टिको लागि म गीत लेख्छु ।
लेखेर कतिको चर्चा पाउनु भयो ?
अघि नै भनी हाले मैले अहिलेसम्म कमाउछु र चर्चा पाओस भनेर कहिले पनि लेखिन, चर्चा पाउनकै लागि लेखेको भए म मेडियाको पछि लाग्थे उनिहरुले भनेको मान्थे होला इन्टर भ्यु मा बोलाएको बेला गइ दिन्थे होला साथिहरुले ए फलाना मेडियाले म्युजिक आवार्ड कार्यक्रम राखेकोछ तपाइको नि दर्ता गराउनुस चिनेको मान्छे छ जित्न सकिन्छ भन्दा दर्ता गर्थे होला,
अनि क्रेज नेपाल पनि मेडिया नै हो नि, यहाँ चाहि किन?
भन्नुस न तपाइले कति चोटि रिक्वेसट गर्नु भो “गुरु सर तपाइको इन्टर भ्यु गरौ भनेर अर्को कुरा हरि न्यौपाने सर मलाइ अतिनै सजिलो ब्यक्ती लाग्यो काम गर्नलाइ अनेस्टी, ट्यालेन्टेड, हार्ड वर्किङ त्यही भएर पनि, अझ मैले एक समयमा के गर्न लगएकोछु भन्दा टेलिभिजन तिर कृपा दृश्यबाट कैलाश गुरुङ अनि तारा दाइको गीतको प्रोमोमा मेरो फोटो राखी दिनु भा रहेछ त्यति खेर कृपामा केदार दाइ अनि चादनी मिस हुनुहुन्थ्यो र उहाँहरुलाइ मेरो फोटो हटाइ दिन आग्रह गर्दा उहाँहरुले भन्नू भाथ्यो किन र गुरु जि अरु कलाकारहरु हाम्रो फोटो एल्बम कभरमा र टिभिमा देखिनु पर्यो भन्दै रिक्वेस्ट गर्छन तपाईं भने राखेको पनि हटाउ भन्नू हुन्छ, किन ? भनेर सोध्नु भाथ्यो! अनि मैले मेरो आफ्नै कारण छ भने ।
कस्तो कारण?
टिभिको पर्दामा देखिन चाहने पत्रपत्रिकामा फोटो आओस भनेर चाहनेहरु दैनिक आफ्नो चिल्लो कार चढेर वा दैनिक रुपमा आफ्नो कार्यमा ब्यस्त हुन्छन होला तर म भनेको कहिलेकाही जडिया, लफङ्गा, आवराहरुसङ्ग हिडिरहेको हुन्छु किनकी मलाइ उनिहरुको भावनासङ्ग घुलमिल हुन मन लाग्छ त्यतिखेर कसैले मलाइ चिनेर बोलायो भने अफ्ठेरो महसुस हुन्छ त्यसैले मेरो फोटो हटाउनुस बरु जुनबेला मलाइ फोटो देखाउन आबस्यक हुन्छ त्यतिबेला म आफै तपाइहरुसङ्ग अनुरोध गर्छु ।
अनि आफ्नो गीत भनेर कसरी चिन्ने ?
होइन, आफुले बनाएको गीतको अधिकार (राइट्स) भित्र चाहि आफ्नो नाम हुनु पर्छ, आफुले कुन बिधामा काम गरेको छ जस्तै सङ्गीत, शब्द, स्वर त्यति भए पुग्छ ।
तपाईको प्राय गीतहरु वियोगान्त छ्न, प्रेममा धोका पाउनु भाथ्यो कि त्यस्तै लेख्न मन पराउनु हुन्छ ?
होइन! मैले सबै किसिमको गीतहरु लेखेकोछु, तपाइले सुन्नु नभएर हो, मौसमी गुरुङको रसिलो यौबन, मनिसा पोख्रेलको नशा नशा मेरै शब्द हो र अरु पनि धेरै छ्न, मलाइ चाहि तिमिले मलाइ धोका दियो, रुवायो यस्ता गीतहरु भन्दा पनि प्रकृतिलाइ छोएर लेखिएको गीतहरु मन पर्छ, मेरो बिचारमा एउटा लेख्ने मान्छेले हरेकको भाषा बुझ्न सक्नु पर्छ जस्तै: खोला, झर्ना, बनजङ्गल चराचुरुङ्गी गरिब दुखी…
प्रसङ्ग बदलौ, ट्रेकिङ पेशामा कसरी लाग्नु भयो ?
म 2007 तिर बालुवाटारको द अर्ग्यानिक भिल्लेज भन्ने डिपार्टमेन्ट स्टोरमा सेल्स्को काम गर्थे त्यहाँ नेपालिहरु भन्दा प्राय बिदेशिहरु धेरै आउथ्यो त्यही काम गर्ने क्रममा अमेरिकन फुलब्राइटको बिद्यार्थिहरुसङ्ग मेरो चिनजान भयो त्यसपछि म त्यो ठाउँ छोडेर म उहाँहरुसङ्ग करिब दुई बर्ष बसे उहाहरु अध्ययनपछि आफ्नो देश फर्किनु भयो मैले यता गाइड ट्रेनिङ लिए, उहाहरुले धेरै आफ्नो साथिहरुलाइ रिकमेन्ड गरेर म कहा पठाउनु भयो, यसरिनै यो क्षेत्रमा लागे ।
अनि अहिले यो पेशामा कतिको ब्यस्त हुनुहुन्छ?
छैन, यसपाली दुई वटा ग्रुप गुमाए ।
भन्नाले?
भन्नाले म गइन किनकी म पैसा नै सब थोक मान्दिन । कन्चनजङघाको ट्रेक थियो त्यहा गएपछी आफूसङ्ग भएको यो अनुहार उस्तै लिएर आउन पाउदैन सबै हिउले जलाएर आउनु पर्छ फेरि रिकभर हुन टाइम लाग्छ र यता गीतको काम पनि जिम्मा लिए आफ्नो रुचिको बिसय पनि पर्यो सो,,,
 कति कमाउनु भा छ  ?
छैन, तर खुशी छु! मैले पैसालाइ कहिले पनि साथिभाइ भन्दा माथी राखिन त्यसैले पनि होला पैसा भन्दा पनि साथीभाइ अनि बिस्वास धेरै कमाएको छु ।
कमाउनु पर्छ जस्तो लाग्दैन ?
लाग्छ, तर कमाउनु पर्छ भन्दैमा यहाँ कोहि कोहि मान्छेहरु साथिभाइ आफन्त केही मान्दैन पैसा नै ठुलो ठान्छ म त्यस्को घिर्णा गर्छु । मैले कमाउने सोच नगरेको होइन कमाउछु भनेरै कोरिया, जापान गएको थिए सफल भइन यो बारे मेरो धेरै नजिकको मान्छेलाइ नि थाहा छैन । अहिले यतै कमाउने तर्खरमा लागि रहेकोछु ।
घरमा को को हुनुहुन्छ?
बुबा आमा गाउमै हुनुहुन्छ । यहाँ चाहि म र मेरो दाइ अनि भतिजा, भतिजी, भाउजू कामको सिलसिलामा बाहिर हुनुहुन्छ ।
तपाइको बिहे भएको छैन र ?
छैन ।
बेला भएन र ?
छैन हा हा हा! यतिकै आनन्द छ तर घरबाट अनि आफन्तबाट चाहि दबाब आइ रहेको छ ।
अन्तमा एउटा गीत सुनाइ दिनुस न..
नचाहेर हो या नपाएर हो हजारौको
बिचमा आज सम्म एक्लै छ यो मान्छे!
मन पर्ने अनि पराउनेहरु धेरै छन तर
कसैको मनसङ्ग नखेल्ने बेग्लै छ यो मान्छे!!

-साभार क्रेज नेपाल डट कम 
Share on Google Plus

About Bhotkholaonline.com

This is a Online Portal From Bhotkhola Sankhuwasabha Nepal.