बिगत ५ वर्षा देखि पर्यटन क्षेत्रमा पथप्रदर्शकको रुपमा सक्रिय संखुवा सभाकी दिकी शेर्पाले "लैङ्गिक समानताको लागि सकारात्मक सोच, सर्बोच्च शिखरबाट समाबेशी समाजको उदघोष" भन्ने मूल नाराको अभियानसंगै भर्खरै सगरमाथा आरोहण गरेकिछिन, आज Tourism Media Club र Trekking Guide Association of Nepal को संयुक्त आयोजनामा दिकिलाई बागबजार स्थित होटल हर्दिकमा भब्यताकासाथ सम्मान कार्यक्रम गरिएको थियो उक्त कार्यक्रममा राष्ट्रका बिशिस्ट व्यक्तिहरुले दिकिको कीर्तिमानी आरोहणको उच्च कदर गर्दै बधाई दिनुका साथै खुशी ब्यक्त गरेका थिए। दिकिले यो भन्दा अगाडि पनि छुट्टा छुट्टै बिस्वका ५ अग्ला शिखर आरोहण गरि सकेकी छिन । दिकिले आफु यो स्थान सम्म आउनुमा बिशेस आफ्नो श्रीमानको साथ् र हौसला मिलेको बताइन। उनले आफुलाई विश्वको सर्बोच्च शिखर आरोहन गर्नमा विभिन्न क्षेत्रबाट साथ दिनुहुने संघ संस्था र ब्यक्तीहरुलाई आभार प्रकट गरेकी थिइन्।